२१ चैत्र ०७४, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय समितिको बैठक पेरिसडाँडा काेटेश्वरमा बस्दैछ ।
महासंघको विशेष राष्ट्रिय सम्मेलनले अनुमाेदन गरेकाे १५१ सदस्यीय कमिटीको पहिलो पूर्ण बैठक नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे प्रमुख अातिथ्यतामा बुधबार पार्टी कार्यालय काेटेश्वरमा बसेकाे हाे ।
गत माघ १५ गतेकाे विशेष राष्ट्रिय सम्मेलनले गणेश रेग्मीको अध्यक्षतामा १५१ सदस्यीय अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समिति घाेषणा गरेकाे थियोे । तर, केन्द्रीय सदस्यहरु साथै पदाधिकारीकाे टुङ्गो लागेकाे थिएन् ।
महासंघको अाज बसेकाे बैठकले ८ सय सदस्यीय केन्द्रीय कमिटीलाई अाैपचारिकरुपमा १५१ सदस्यीय बनाउँदै पदाधिकारी समेत टुङ्गो लगाउने बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार महासंघको पदाधिकारी १८, सचिवालय ५१ गरी कूल १५१ सदस्यीय नयाँ संरचना बन्नेछ ।
गणेश रेग्मीको अध्यक्षतामा बसेकाे महासंघको बैठकमा ७ प्रदेशका इन्चार्ज, अध्यक्ष साथै परिषद अध्यक्षहरुले रिपोर्टिङ राख्ने क्रम जारी छ ।
















