अन्टुफद्वारा यातायात मजदुरलाई स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री वितरण

 

२८ असोज ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) सम्बद्ध यातायात मजदुरहरुले कोरोना संक्रमणबाट बच्न र बचाउन सचेतना अभियानमार्फत् स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री वितरण गरेको छ ।

अन्टुफ केन्द्रीय अध्यक्ष एवम् बागमती प्रदेश सांसद जगत सिम्खडाले अखिल नेपाल यातायात मजदुर संघ ललितपुरको छैटौं जिल्ला सम्मेलनमा सहभागी करिब एक सय जना यातायात मजदुरहरुलाई असोज २६ गते सोमबार फेस सिल्ड, सेनिटाइजर साथै माक्स वितरण गरेका छन् ।

यस्तै मंगलबार बिहान “कोभिड–१९ बाट आफू बचौँ र अरुलाई पनि बचाऔं” मूल नाराका साथ अन्टुफ केन्द्रीय सचिव सोम तामाङको प्रमुख आतिथ्यतामा कोटेश्वर एरियाका दुई सय जनाभन्दा बढी यातायात श्रमिक, यात्रुहरुई फेस सिल्ड, सेनिटाइजर साथै माक्स वितरण गरिएको छ ।

अखिल नेपाल यातायात मजदुर संघ कोटेश्वर पूर्व मूल इकाई कमिटीको आयोजनामा गरिएको सो कार्यक्रमका अखिल नेपाल ट्रेड युनियन महासंघका सचिव सोम तामाङ, यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष रामचन्द्र कार्की, महानगरीय प्रहरी वृतका प्रहरी उपरीक्षक दक्ष बस्नेत, ट्राफिक प्रहरी निरीक्षक सुदर्शन थापा, प्रहरी निरीक्षक राजन लामा लगायत यातायात मजदुरका प्रदेश र जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो ।