अन्टुफले संसद विघटनविरुद्ध हुने कार्यक्रममा सक्रिय सहभागिता जनाउने

१२ पुस ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले प्रतिनिधि सभा विघटनको विरोधमा हुने बृहत -याली तथा सभामा सक्रिय सहभागिता जनाउने बताएको छ ।

महासंघका फ्र्याक्सन इन्चार्ज जयपुरी घर्तीले आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विभिन्न पेशागत संगठनका नेतृत्वहरुको संयुक्त प्रशिक्षणात्मक कार्यक्रममा यस्तो बताएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही पुस ५ गते संसद विघटन गरेपछि उक्त कदमलाई प्रतिगमन, असंवैधानिक साथै अलोकतान्त्रिक भन्दै सोको विरोधमा पुस १४ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गर्ने बृहत -याली तथा सभामा महासंघले सक्रिय सहभागिता जनाउने निर्णय गरेको हो ।

विरोध कार्यक्रमको तयारी बैठकमा अन्टुफ फ्र्याकसन इन्चार्ज जयपुरी घर्ति, नेकपाका नेता कुमार पौडेल, अन्टुफ अध्यक्ष जगत सिम्खडाले संघर्षका कार्यक्रमको आवश्यकताबारे प्रष्ट पारेका थिए ।

आन्दोन्लनको तयारी गर्न बसेको सो बैठकमा अन्टुफ उपाध्यक्ष जय कार्की, उपमहासचिवद्वय शालिकराम काफ्ले, प्रकाश श्रेष्ठ, सचिव सोम तामाङ, कोषाध्यक्ष धनश्याम ठकुरी साथै महासंघसम्बद्ध पेशागत संगठनका नेतृत्वहरुको उपस्थिति रहेको थियो ।