
अखिल नेपाल संघ संस्था, सञ्चार तथा छापाखाना श्रमिक संघको एकताको प्रथम राष्ट्रिय सम्मेलनका प्रमुख अतिथि लगायत अतिथिहरू
२५ भदौ ०७९, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)सम्बद्ध तीन वटा संघको नेतृत्वमा महिला निर्वाचित भएर आएका छन् ।
शनिबार संघीय राजधानी काठमाडौंमा सम्पन्न भएका महासंघ सम्बद्ध चारवटा संघको राष्ट्रिय सम्मेलन मध्ये तीनवटा संघमा महिला नेतृत्व निर्वाचित भएर आएका हुन् ।

अखिल नेपाल संघ संस्था, सञ्चार तथा छापाखाना श्रमिक संघको एकताको प्रथम राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष इन्दिरा शर्मा लगायत पदाधिकारीहरू
अन्टुफ उपाध्यक्ष एसबी थापामगरले दिएको जानकारीअनुसार अखिल नेपाल संघ संस्था, सञ्चार तथा छापाखाना श्रमिक संघको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न एकताको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा इन्दिरा शर्मा निर्वाचित भएकी छन् भने उनको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

अखिल नेपाल घरेलु, गृहआधारित हस्तकला तथा सुनचाँदी श्रमिक संघको निर्वाचित अध्यक्ष संगिता बानियाँ लगायत सपथ लिँदै
यस्तै ललितपुरको च्यासलमा सम्पन्न अखिल नेपाल घरेलु, गृहआधारित हस्तकला तथा सुनचाँदी श्रमिक संघको एकताको राष्ट्रिय प्रथम सम्मेलनबाट अध्यक्ष संगिता बानियाँ निर्वाचित भएकी छन् भने उनको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको अन्टुफ उपाध्यक्ष थापाले बताए ।

अखिल नेपाल सरसफाई मजदुर संघको अध्यक्ष पदमा निर्वाचित धनु दाहाल लगायत कार्यसमितिका पदाधिकारीहरू
यसैगरी काठमाडौंको दर्शन पार्टी प्यालेसमा सम्पन्न अखिल नेपाल सरसफाई मजदुर संघको चौथो राष्ट्रिय सम्मेलनले धनु दाहाललाई अध्यक्ष पदमा निर्वाचित गर्दै ३५ सदस्यीय कार्यसमिति चयन गरेको उनले बताए ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघको चौथो राष्ट्रिय सम्मेलन निर्वाचित अध्यक्ष खगेन्द्र राज धिमाल लगायत
यस्तै काठमाडौंको बसुन्धारामा शनिबार नै सम्पन्न अखिल नेपाल सेक्युरिटी मजदुर संघको चौथो राष्ट्रिय सम्मेलनले खगेन्द्र राज धिमाललाई अध्यक्ष निर्वाचित गरेको छ भने उक्त सम्मेलनले धिमालको नेतृत्वमा ८५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।













