अन्टुफ कोषाध्यक्ष ठकुरीलाई पितृशोक

१६ साउन ०७७, उदयपुर । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का केन्द्रीय कोषाध्यक्ष घनश्याम ठकुरीलाई पितृशोक परेको छ ।

उदयपुरको त्रियुया नगरपालिका वडा नं. ३ निवासी कोषाध्यक्ष ठकुरीका ९० वर्षीय बुबा फौदबहादुर रास्कोटी ठकुरीको शुक्रबार बिहान ११ बजे घरमै निधन भएको हो ।

पारिवारिक स्रोतकाअनुसार दिवंगत ठकुरी दमको बिरामी थिए । कोषाध्यक्ष ठकुरीका बुबाको निधनप्रति अन्टुफ परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।