२१ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ तनहुँले अति विपन्न मजदुर परिवारलाई राहत स्वरुप चामल वितरण गरेको छ ।
महासंघका संयोजक सूर्यभक्त पौडेल र अंकु केन्द्रीय महासचिवको पहलमा विपन्न १० मजदुरलाई २५ किलोको प्रतिव्यक्ति एक बोराका दरले चामल राहत स्वरूप दिइएको हो ।
अन्टुफ तनहुँका संयोजक पौडेलले अंकु केन्द्रीय महासचिव रमेश सि.के. अन्टुफ तनहुँले लकडाउनका कारण दैनिकीमा समस्या परेका दश जना मजदुरलाई दमौलीमा राहत बितरण गरिएको जानकारी दिए ।