९ बैशाख ०७८, पर्वत । अखिल नेपाल ट्रेड युनियन महासंघ पर्वत जिल्ला समितिको बैठक १३२अाैं मई दिवस भव्यतापूर्वक मनाउने निर्णय गर्दै संगठन पुनर्गठन गरी सम्पन्न भएको छ ।
बुधबार पर्वत जिल्लाको कुश्मामा बसेको बैठकले बिक्रम ढुंगानाको संयाेजकत्वमा १५ सदस्यीय कार्यसमिति रहने गरी संगठन पुनर्गठन गर्दै बैशाख १८ गते १३२अाैं मई दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेकोे हाे ।
ढुंगानाको संयाेजकत्वमा गठित नयाँ कार्यसमिति सदस्यहरू राम कँडेल, गंगा बहाुर सार्की, सन्दिप नेपाली, सन्दीप पाठक, राजेश कुमार दर्जी, दिपक शर्मा, रमेश भण्डारी, माया नेपाली, सावित्री गुरूङ रहेका छन् ।
बैठकमा अन्टुफ केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज एसबी थापाले समसामयिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्दै जिल्लामा रहेका सबै स्थानीय तहहरूमा श्रम सम्बन्ध समिति गठन गर्न, विभिन्न पेशामा आवद्ध श्रमिकहरूलाई याेगदानमा आधारित सामाजिक सुरक्षा याेजनामा सुचीकृत गराउन जिल्ला पार्टीले आवश्यक भूमिका खेल्नु पर्नेमा जाेड दिएका थिए ।
यस्तै उपाध्यक्ष थापाले श्रमिकहरूलाई ऐनमा व्यवस्था गरिएको पारिश्रमिक नदिने राेजगारदाताहरूलाई कारवाहीकाे दायरामा ल्याउन समेत पार्टीले मजदुरलाई सघाउनु पर्ने बताएका थिए ।
कतिपय उद्योग तथा प्रतिष्ठानहरूमा पार्टी र मजदुरका नेताहरू राेजगारदातासँग मिलिदिँदा मजदुरका जायज माग र मुद्दाहरू सम्बाेधन नभएको भन्दै उनले पार्टी र मजदुरबीच सम्बन्ध लाल हुनुपर्ने बताएका थिए ।
उक्त बैठकमा नेकपा (माओवादी केेन्द्र) पर्वत जिल्ला अध्यक्ष गुप्त हमाल ‘सन्देश’, सचिवालय सदस्य तथा कुश्मा नगरपालिका अध्यक्ष शंकर गिरी, अन्टुफ केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज एसबी थापा, अन्टुफ गण्डकीका उपाध्यक्ष नवीन अधिकारी, सहसचिव गुणराज बास्तोलाकाे आतिथ्यता रहेकाे थियोे ।