जय कार्की, काठमाडौं ।

अखिल नेपाल ट्रेड युनियन महासंघ निकट अन्टुफ महिला कमिटीले सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने बताएको छ ।
महिला कमिटीको बैठकले स्थानीय निकायको निर्वाचनमा सम्पूर्ण ध्यान लगाउने र खट्ने योजना बनाएको हो ।
बैठकले महिला श्रमिकको प्रतिनिधित्वको लागि स्थानीय तहमा उम्मेदवारीका लागि विशेष पहल गर्ने साथै श्रमिक महिला जागरण तथा संगठन विस्तार लगायतका कार्यक्रमहरु गर्ने योजना पनि बनाएको छ ।
नवनिर्वाचित महिला कमिटी प्रमुख विष्णुकुमारी थापाले बैठकमा प्रस्तुत गरेको कार्य योजनाहरुलाई सर्वसम्मतरुपमा अनुमोदन गरिएको छ ।
महासंघको केन्द्रीय कार्यालयमा कार्यवाहक अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष जय कार्की, उषा देबकोटा साथै महासचिव जगत सिम्खडा लगायतको उपस्थितिमा अन्टुफ महिला कमिटी बैठक बसेको थियो ।

नवनिर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरु
अध्यक्ष, बिष्णु थापामगर
उपाध्यक्ष, सुशीला पुन
उपाध्यक्ष, साङमाला तामाङ्ग
सचिव, निशा खरेल
सहसचिव, अजिता सिंखडा
सहसचिव, संगिता वानिया
सहसचिव, इन्दिरा शर्मा
सहसचिव, गोमा लामा
सहसचिव, धनु दाहाल
सहसचिव, सुन्तली थारु
कोषाध्यक्ष, सावित्री पौडेल
सदस्य, सृजना लामिछाने
सदस्य, उमा दाहाल
सदस्य, कविता बुढाथोकी
सदस्य, शान्ता पोखरेल
सदस्य, मञ्जु गुरागाई
सदस्य, मुना भुजेल
सदस्य, रमिला भुजेल
सदस्य, सृजना स्वती
सदस्य, जमुना गुरुङ्ग
सदस्य, सुनमाया थामी
सदस्य, राधा शर्मा
सदस्य, चन्द्रकुमारी लामा
सदस्य, कुमारी शाह
सदस्य, जुनुमाया राना मगर
सदस्य, सुमित्रा सोव
सदस्य, राजकुमारी चौधरी
सदस्य, गिता
सदस्य, कमला नेपाल
सदस्य, बिष्णुमाया श्रेष्ठ
सदस्य, कमला स्याङ्वो
सदस्य, दुर्गा बस्नेत
सदस्य, दुर्गा अस्लामी
सदस्य, तारा शंखर
सदस्य, गिता खड्का
सदस्य, मिना पौडेल र सदस्य, सावित्रा अधिकारी













