अन्तर्राष्ट्रिय मजदुर दिवस प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिन – प्रचण्ड

१८ बैशाख ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले श्रमजीवी समुदाय र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई यस्तो आग्रह गरेका हुन् ।

उनले शुभकामना सन्देशमार्फत् भनेका छन्, ‘आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा सबै श्रमजीवी जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरहरुलाई विशेष आग्रह गर्दछु ।’