१० असोज ०८१, कास्की । कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले खेलकुदले व्यक्तिको शारीरिक, मानसिक, स्वास्थ्य साथै अपराध न्युनीकरणमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
पोखरा नदीपुरको छन्त्याल समाजघरमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
खेलकुदले व्यक्तिको शारीरिक मानसिक, स्वास्थ्य, क्षेत्रमा मात्र विकास गर्ने नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलबाट देशको पहिचान चिनाउन उल्लेख्य भुमिका निर्वाह गर्ने बताउँदै उनले विभिन्न समयमा हुने प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउने काम गर्न र आर्थिकोपार्जनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रहरी उपरीक्षक थापाले भने, ‘लागुऔषध तथा अपराध क्षेत्रमा युवायुवतीहरु धेरै मात्रामा फसेको छन्, खेलकुदले अपराध न्युनीकरणमा गर्न ठूलो टेवा पुग्छ । पोखरा शहर अपराध र लागुऔषधमा दोस्रो स्थानमा रहेको छ । युवाहरु जोगाउनुपर्ने अवस्था आएको छ । खेलकुद भनेको अनुशासनमा र स्वस्थ्य राख्न महन्वपूर्ण भूमिका निर्वाह गर्छ ।’
पोखरा वडा नं. ४ का जनप्रतिनिधि प्रकाश कोइराला, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष एवम् जिल्ला भलिबल संघ कास्कीका पूर्व अध्यक्ष भीम पराजुली, छन्त्याल संघका केन्द्र्रीय सल्लाहकार एवम् कास्की जिल्ला जुडो संघका अध्यक्ष प्रथम छन्त्याल, नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष सु.धनबहादुर छन्त्याल, सचिव दलमान छन्त्याल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अशोक थापाले सञ्चालन गरेको दोस्रो दिनको उद्घाटन कार्यक्रम प्रशिक्षण केन्द्र्रका सन्चालक मनोज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष कुलबहादुर छन्त्यालको अध्यक्षतामा भएको थियो ।