अपहरित विमानमा सवार १११ जना यात्री सकुशल रिहा

एजेन्सी । अपहरण गरी युरोपेलीमुलुक माल्टामा जबर्जस्ती अवतरण गराइएको लिबियाको अफ्रिकिया एअरवेजको ए ३२० आन्तरिक विमानमा सवार १११ जना यात्रीहरु सकुशल रिहा भएका छन् ।
air
शुक्रबार विमानमा सवार हाते ग्रीनेड बोकेका अपहरणकारीले विमानमा सवार ८२ पुरुष, २८ महिला र एउटा बच्चा तथा ७ जना चालक दलका सदस्य रहेको विमानलाई अपहरण गरेका थिए ।
माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले अपहरणकारीले यात्रीलाई रिहा गरी चालक दलका सदस्यलाई भने नछाडेको जनाएका छन् । अपहरित विमान लिबियाको सेबाबाट त्रिपोली जाँदै थियो ।
अपहरणकारीले सन् २०११ मा सत्ताच्यूत गरिएका लिबियाका तानाशाह मुअम्मर गद्दाफीका छोरालाई छाड्नुपर्ने अडान राखेका छन् । यस्तै, उनीहरुले माल्टामै आफूहरुलाई राजनीतिक शरण दिन पनि माल्टा सरकारसँग माग गरेका छन् ।
अपहरणकारीहरु  अल फताह अल गदिदा  समूहका रहेको पनि जनाइएको छ । लिबिया सरकारले उनीहरुका मागकाबारेमा अहिलेसम्म केही सम्बोधन गरेको छैन ।

तपाइको मत