१९ पुस, काठमाडौं ।
आइतबार केरलामा भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अघिल्लो सिजनको विजेता अफगानिस्तानलाई २-१ ले पराजित गर्दै भारत सातौं पटक साफ च्याम्पियन बनेको छ ।
खेलमा अफगानिस्तानले ७० औं मिनेटमा जुवायर अमिरीको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगाउन सकेन । ७२ औं मिनेटमा जेजेले भारतका लागि बराबरी गोल गरे ।
निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । १०१ औं मिनेटमा भारतले २-१ को अग्रता लिन सफल भयो ।
भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै घरेलु टोलीलाई उपाधि दिलाए ।