२० मंसिर ०७५, राजविराज । राजविराज –९ मा विद्यार्थी भर्ना अभियान कार्यक्रममा अभिभावकत्व ग्रहण गरिएको विद्यार्थीको अवस्थाबारे वुझन प्रदेश सभा सदस्य रुबी कुमारी कर्णले दलित विद्यार्थीको घर घर पुगी आवश्यक जानकारी लिएकी छिन ।
भर्ना अभियानका वेला विभिन्न राजनीतिक दलका पदाधिकारी, सांसद ,मन्त्रि र पुर्व मन्त्रिहरुले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु विभिन्न समस्याले गर्दा विद्यालयसम्म नपुगेको गुनासो आईरहेको वेला सांसद कर्ण आफु र आफुसगै मन्त्रि र पुर्व मन्त्रिले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरुको अवस्था वुझ्न बिहीवार घर घर पुगेकी हुन ।
गत ५ बैशाखमा श्री राष्ट्रिय प्राथमिक विद्यालय गढिया मलेठमा भएको सार्वजनिक भर्ना अभियान कार्यक्रममा सांसद कर्णले स्थानीय सुरज कुमार सदाको अभिभाकत्व ग्रहण गरेकी थिइन भने शिक्षामन्त्रि गिरिराजमणि पोखरेलले टिंकु मरीक, पूर्व शान्तिमन्त्रि विश्वनाथ साहले श्याम सुन्दर सदा, पूर्व सिँचाईमन्त्रि उमेश कुमार यादवले राजा कुमार सदा र राजविराज नगरपालिकाको प्रमुख शम्भु प्रसाद यादवले कुलानन्द सदाको अभिभावकत्व ग्रहण गरेका थिए ।
बिहीवार विहान कर्ण टिंकु मरिकको घरमा पुग्दा टिंकु विघालय नगई घरको काम काज गरिरहेका थिए भने सोही बस्तीका दुइजना बालक सडकमै खेलेर बसेको भेटेका थिए । बच्चाहरु स्कुल नगई खेलेको देखेपछि सांसद कर्णले अभिभावकलाइ बोलाई सम्झाइ वुझाइ बालकहरुलाइ विद्यालय पठाउन लगाएकी थिइन ।
सो अवसरमा सांसद कर्णले स्थानीय अभिभावकहरुलाई आफु सबै दिन आउन नसक्ने हुनाले रेखदेख गर्न र आ– आफनो बालबालिकालाइ नियमित रुपमा विद्यालय पठाउन आग्रह गरेकि थिइन । पढाईको खर्च सरकार र आफु समेत व्यहोर्ने भन्दै सांसद कर्णले उपस्थित दलितसमुदायका अभिभावकहरुलाइ आश्वत पार्दै भनिन् – ‘तपाइहरुले पढाइका लागि खर्चको चिन्ता न लिनुस्, आ–आफनो सन्तानलाइ नियमित विद्यालय पठाउनुस् हामी साथमा छौँ ।’
सो अवसरमा सांसद कर्णले बालवालिकाहरुलाई शैक्षिक सामग्रीका साथै न्यानो लुगा, झुल, बिस्कुट, चाउचाउ, लगायतका सामग्रीहरु समेत वितरण गरेकी थिइन ।














