१६ भदौ ०७४, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सबैले सम्मान गर्नु पर्ने बताएका छन् ।
गृह मन्त्रालयमा शुक्रबार पत्रकार महासंघ नेपालका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै गृहमन्त्री शर्माले सो कुरा बताएका हुन् ।
मन्त्री शर्माले राज्यको कुनै निकायबाट कमजोरी भएमा पत्रकारहरुले रचनात्मक सुझाव दिनु पर्ने समेत बताए ।
पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले लेखेकै कारणले पत्रकारमाथि धरपकड हुन नहुने बताएपछि जवाफमा मन्त्री शर्माले पत्रकारले स्वतन्त्रता र व्यवसायिकका नाममा सत्य–तथ्यलाई तोडमोड गरेर समाचार दिन नहुने बताए । साथै, उनले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सबैले सम्मान गर्नु पर्नेमा जोड दिए ।