१७ बैशाख ०७४, रौतहट । कक्षा १२ को परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने विभिन्न केन्द्रहरुका ४० जना परीक्षार्थीलाई कार्वाही गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षामा सहभागी ४० जना परीक्षार्थीहरुलाई रापबो हेटौडाका प्रमुख यमबहादुर खड्काको नेतृत्वमा आएको टोलीले निरीक्षणको क्रममा अमर्यादित क्रियाकलापमा संलग्न पाइएपछि विद्यार्थीहरुको आइतबारको परीक्षा रद्द गरिदिएको हो ।
टोलीले गौरी शंकर यादव रौतहट क्याम्पसको परीक्षा केन्द्रबाट १० जना, जुद्ध क्याम्पस गौर परीक्षा केन्द्रबाट ९ जना, उच्च मावि झुन्खुन्वा परीक्षा केन्द्रबाट ९ जना परीक्षार्थीहरुलाई निष्काशित गरेको हो ।
यसैगरी उच्च मावि धरहरी परीक्षा केन्द्रबाट ८ जना, उच्च माबि कटहरीया परीक्षा केन्द्रबाट ७ जना र मध्य क्षेत्रीय प्रहरी विद्यालय परीक्षा केन्द्र जिगंडीयाबाट २ जना परीक्षार्थीलाई निष्काशित गरिएको छ ।
आइतबार परीक्षा केन्द्रहरुमा अर्थशास्त्र, जनसंख्या, रसायन शास्त्र विषयको परीक्षा संचालन भइरहेको थियो ।
रौतहटमा संचालन भइरहेको कक्षा १२ को परीक्षामा चिट चोरी हुने क्रम बढदै गए पछि आइतबार राष्ट्रिय परीक्षा बोर्डका प्रमुखसहितको टोली आइतबार रौतहटमा परीक्षा अनुगमनमा आएको थियो ।