२ मंसिर, काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वलाई हल्लाइरहेको छ । अमेरिकामा कट्टर राजनीतिको उदय भएको विश्लेषण भइरहेको बेला मालेमावादी विचार मान्ने माअाेवादी पार्टीकाे निर्माण पनि सुरु भएकाे छ ।
अमेरिकाको पूरानो पार्टी आरसिपी, अमेरिकाले विसर्जनवादी विचार अघि सारेको माओवादी विचारधारासहितको नयाँ समूहको गठन भएको हो । आरसिपीले मालेमावाद असान्दर्भिक भएको भन्दै बब अभाकियनले अगाडि सारेको ‘न्यु सिन्थेसिस’ ले मात्र क्रान्ति गर्ने निष्कर्षपछि मालेमावादी विचारधारासहितको माओवादी पार्टीको निर्माण सुरु भएको छ ।
जनमेल अनलाइनका अनुसार नयाँ पार्टीले जनसङ्घर्ष र जनयुद्धको बाटोबाट अघि बढेर समाजवाद र साम्यवादी लक्ष्य प्राप्त गर्नसक्छ भन्दै मालेमावादी नयाँ समूहहरू र रेड गार्डहरू निर्माण गरिरहेका छ ।
उनीहरुले अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई ‘माओइस्ट गु्रप, युयसए’, ‘रेड गार्ड, अस्टिन’ र ‘माओइस्ट ग्रुप ताकोमा’ ले बहिस्कार गर्दै सडका निस्केका थिए । माओइस्ट ग्रुप, युयसए’ मे दिवस २०१६ का सन्दर्भमा घोषणपत्र जारी गर्ने ३० ओटा समूहको एउटा समूह हो भने ‘रेड गार्ड, अस्टिन’ यसै वर्षको आरम्भमा गठन भएको समूह हो र ‘माओइस्ट ग्रुप ताकोमा’ भर्खरै गठन भएको समूह हो । पछि गठन भएका समूहहरूमा टेक्सासस्थित ‘रेड गार्ड, अस्टिन’ सबैभन्दा बढी सक्रिय देखिएको छ ।
‘माओइस्ट ग्रुप ताकोमा’ को वक्तव्यको पूर्णपाठ:
अहिले, २०१६ को राष्ट्रपति चुनावी होहल्लामा पुँजीपति वर्ग, फसिवादीहरू, सुंगुरको एउटा समूह, र अन्य थरीथरीका प्रत्रिक्रियावादीहरू, यो देशका उत्पिडीत जनताले उनीहरूप्रति प्रदर्शन गरेका घृणाको खुला प्रदर्शनका विरुद्ध आक्रमणमा उत्रेका छन् । हिलारी क्लिन्टनका विरुद्ध डोनाल्ड ट्रंपको विजयघोषणाको २४ घण्टा नबिका साथै उत्पीडित जातजातिहरूमाथिको उत्पीडनको समाचारहरू संगसंगै धेरै मान्छेहरू क्रूरताको मारमा परेका समाचारको इन्टरनेटमा बढी नै आएको छ ।
यी घटनाहरू दुखः लाग्दा छन् र यो उत्पीडित जनताका लागि संयुक्त राज्य अमेरिकामा हरेक दिन जसो भइरहने वास्तविकता हो । उत्तर अमेरिकामा उपनिवेश परियोजनाको आरम्भदेखि नै, यो देशका आदिवासी जनताले मृतुतुल्य दासत्वको सामना गरेका छन्। लाखौंको संख्यामा अफ्रिकीहरूलाई नियन्त्रणमा लिई बसोबासको निर्माणमा प्रयोग गर्न जमिनदारहरूलाई विक्री गरियो । यी चिकानोहरू अमेरिकी साम्राज्यवादको उपनिवेशवादी विजयका वर्षहरूपछि अवशोषित भए । दासत्व र नरसंहारका घाउहरू ताजा छन् र दुखिरहेका छन् र यिनले नयाँ फासिवादीहरूका कुरूप टाउकाहरूप्रतिको घृणा जारी राख्नेछन्।
अर्कोतर्फ, उदारवादीहरू “प्रगतिशीलहरू”, र ती जो सामाजिक रूपमा उच्च भूमिकामा बसेर आफूलाई, “समाजवादीहरू” र “कम्युनिस्ट भन्ने गर्छन्, आफूले चाहिं गर्नु केही छैन, यो व्यवस्थालाई ध्वस्त पार्न उठेका जनतालाई उल्टै तिरष्कार गर्छन् । आफूहरूले धेरै जानेको बहाना गर्दै उनीहरू जनतालाई आफ्नो पछि लगाउन खोज्छन् । उनीहरू जनतालाई आफ्नो पिछलग्गु बनाउन चाहन्छन् र काम न काजको सुधारवादी संगठनमा सामेल गराउँछन् l यसले आन्दोलनकै हत्या गर्छ र मान्छेहरूले क्रान्तिकारी संगठनको खोजी गर्छन् । अवश्य पनि हामी बाहिरबाट आक्रमण गर्ने प्रतिकृयावादीहरूप्रति सचेत हुनुपर्छ, साथै कम खतरनाक देखिने भित्रका ”आधुनिक” हरूप्रति पनि त्यत्तिकै सचेत हुनु आवश्यक छ । यो आज कालाहरूको जीवनसित गाँसिएको दुखद् सत्य हो। रंगभेदका आधारमा आफनै देशका नागरिकको हत्याका कारण उत्पन्न आन्दोलनको दिशालाई उदारवादीहरू र एनजिओहरूले छिटै आफ्नो हातमा लिन्छन् र उत्पीडितहरूलाई बेवास्ता र आफ्ना ‘कार्यकर्ताहरू’ लाई मात्र ध्यान दिने गर्छन्’, जो क्रान्तिकारी खालका छन्, ती तिनको संगठनमा अटाउँदैनन् ।
तर जतिजति मुलुकभित्रकोअन्तर्विरोध तीव्र र प्रस्ट हुँदैजान्छ, साम्राज्यवादी जनावरहरूको किल्लामै क्रान्तिकारी परिस्थिति अझ सहज हुँदैजान्छ । रङ्गयुक्त युवाहरूबीच विकसित हुँदैगएको यो उर्जावान् क्रान्तिकारी आन्दोलनको मार्गदर्शक सिद्धान्त, मार्क्सवाद-लेनिनवाद- माओवाद हो । मालेमा मार्क्सवादको पछिल्लो १५० वर्षको क्रान्तिकारीहरूको अनुभवको संश्लेषित तेस्रो र उच्चतम चरण हो । यो यस्तो सिद्धान्त हो, जसले चीनमा जनगणतन्त्रको स्थापना गरेको थियो, चीनमा पुँजीवाद ल्याउँन चाहनेहरूले यसलाई विस्थापित नगरुन्जेलसम्म यो सबैभन्दा क्रान्तिकारी समाजवादी प्रयोग थियो र आज चीन ठूला साम्राज्यवादी शक्तिहरूमध्येको एउटा शक्ति भएको छ।
मालेमा विश्वका लाखौं, करोडौं जनता, भारतदेखि फिलिपिन्स. नेपालदेखि पेरूसम्मका जनताको पनि संघर्ष र जनयुद्धको मार्गदर्शक सिद्धान्त हो l वीरत्त्वपूर्ण यी संघर्षहरू आज पनि जारी छन् र क्रान्तिकारीहरू र थिचोमिचोमा परेकाहरूका लागि आशा र प्रेरणाको ज्योतिपुंज बनेका छन्।
थिचोमिचोमा परेका विश्वका जनताहरू केका निम्ति आवाज उठाइरहेका छन् त ? साम्राज्यवादको अन्त्य ! मुख्यतः अमेरिकी साम्राज्यवादको अन्त्यका लागि ! अमेरिकी कम्युनिस्टका रूपमा यसलाई अघि बढाउनु हाम्रो जिम्मेवारी हो। यस किसिमको संगठन निर्माण गर्नुको उदेश्य, हामीले आफूलाई जनताको संघर्षमा समाहित गराएर पुँजीवादको अन्त्यका लागि आवश्यक सहयोग प्रदान गर्नु हो । जस्तो अध्यक्ष माओ भन्नुहुन्छ : “कम्युनिस्टहरू समुद्रमा माछाझैं सदैव जनताका बीच रहनुपर्छ ।”
ताकोमाको अवस्था देशको अन्य क्षेत्रहरूको जस्तो गतिशील छैन, तर समयक्रममा उनीहरू बढीभन्दा बढी क्रान्तिकारी बन्दै जानेछन् ।संसोधनवाद विरोधी क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र जनतालाई जनादिशाअनुरूप अथवा ”जनतादेखि जनतासम्म” परिचालन गरेर मुलुकका श्रमजीवी वर्ग, उत्पीडित लिङ्ग र उत्पीडित राष्ट्रलाई सही नेतृत्त्व प्रदान गर्दै पुरानोलाई ध्वंश पारेर नयाँ संसार निर्माण, समाजवादको स्थापना गर्दै अन्त्यमा यसलाई साम्यवादसम्म पुर्याउंन सक्छ l हामी आफूलाई जनतासित घुलमिल पारेर, उनीहरूबाट सिक्तै वर्षौंदेखि लड्दैआएको फासिवाद विरोधी, रंगभेद विरोधी (गोराहरूले गर्दै आएको रंगभेद जसले हामीलाई सडकमा पुर्याएको छ l) र प्रहरीको क्रूर व्यवहारका विरुद्धको संघर्षलाई अघि बढाउने छौं ।
हामी जनताका सत्रुहरूबाट डराउने कुरै आउंदैन ।तिनीहरू बाहिरबाहिर डरलाग्दा र बलिया देखिए पनि भित्रबाट चाहिं तिनीहरू कमजोर छन्, तिनीहरू माओले भनेझैं “कागजी बाघहरू ” हुन् र जतिजति क्रान्ति अघि बढ्दै जान्छ, तिनीहरूको ताकत पनि सेलाउंदै जान्छ र तिनीहरू समाप्त हुन्छन् ।जनताले प्रतिक्रियावादीहरूमाथि विजय प्राप्त गर्नेछन्, किनभने जनता नै इतिहासका सच्चा निर्माता हुन् !
मार्क्सवाद-लेनिनवाद-मओवाद : जिन्दावाद !
सम्पूर्ण सत्ता जनताको हातमा !
संघर्षमा डटिरहौं, विजयका लागि अघि बढौं !नोभेम्बर १५, २०१६
- विज्ञप्ति जनमेल अनलाइनबाट