२४ माघ, काठमाडौं । उद्योग मन्त्रालयले अमेरिका, जापान, चीन, भारत, कोरिया, म्यान्मार लगायत देशका १६ शहरमा नेपाली उत्पादनका प्रर्दशनी तथा बिक्री कक्ष सञ्चालन गर्ने भएको छ ।

आइतबार मन्त्रालयमा एक कार्यक्रम गरी उद्योग मन्त्रालयका सहसचिव दिनेश घिमिरेे र काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङबीच प्रर्दशनी कक्ष निर्माण गर्ने संझौतापत्रमा हस्ताक्षर भएपछि महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका देशमा नेपाली वस्तुहरुको बिक्री प्रवर्द्धनलाई प्रोत्साहित गर्न छुट्टै प्रदर्शनी कक्ष सञ्चालन गर्ने भएको हो ।
महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका अमेरिका, जापान, चीन, भारत, कोरिया, म्यान्मार लगायत देशका १६ शहरमा नेपाली वस्तुहरुको बिक्री प्रवर्द्धनलाई प्रोत्साहित गर्न छुट्टै प्रदर्शनी कक्ष सञ्चालन गर्ने भएको हो ।
कार्यक्रममा उद्योग मन्त्री जोशीले राष्ट्रिय स्वार्थमा एक अर्का संस्थाहरुको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउन र नेपाली उत्पादनको बजार बिस्तार गर्न मन्त्रालयले यस प्रकारको कार्यलाई अगाडी बढाएको बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख तामाङले महानगरपालिकाले विश्वका १६ वटा शहरहरुसँग भगिनी सम्बन्ध स्थापना भएको र निकट भविश्यमै थप २० वटा शहरहरुसँग सम्बन्ध बिस्तार गर्ने बताए ।













