काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले इजरायलको राजधानीका रुपमा जेरुसेलमलाई मान्यता दिने अमेरिकी निर्णयलाई अस्वीकार गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोग रोक्ने चेतावनीका बाबजुद १२८ मुलुकले जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने निर्णय उल्टाउने प्रस्तावको पक्षमा मतदान गरे ।
९ मुलुकले मात्र प्रस्तावको विपक्षमा मत दिएका छन् भने ३५ मुलक मतदानमा अनुपस्थित रहे ।
मतदानपछि प्यालेस्टायनी राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यसलाई प्यालेस्टायनीहरुको जित भएको बताएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामीन नेतान्याहुको कार्यालयले यो नजिता अस्वीकार गरेको बताबताइएको छ ।