अवकास पाएका ४ डीआईजीहरु यसकारण एआईजीमा बढुवा भए

Pm-office
२६ चैत्र, काठमाडौं । सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अवकास पाएका ४ जना  प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई शुक्रबार एआईजीमा बढुवा गरेको छ ।

सर्वोच्चको आदेश कार्यान्वयन गर्नलाई सरकारले हुँदै नभएको दरबन्दीमा ‘विशेष दरबन्दी’ सिर्जना गरेपछि अवकाश प्राप्त डीआईजीहरु विश्वराज शाही, सुशीलवर सिंह थापा, यादव अधिकारी र परशुराम खत्री एआईजी बनेका छन् भने नेपाल प्रहरीमा एआइजीको संख्या १३ पुगेको छ ।

तत्कालीन गृहमन्त्री वामदेव गौतमको पालामा एआईजीको बढुवा सूचीमा परेर पनि बढुवामा नपरेका शाही, थापा, अधिकारी र खत्री सर्वोच्च अदालत गएपछि सवोच्च अदालतले निवेदकहरु बढुवाबाट बन्चित हुनु न्यायोचित नभएको भन्दै ४ जनालाई बढुवा गर्न सरकारलाई आदेश दियो । तर, सरकारले  निर्णय कार्यान्वयन नगरेपछि असोजमा ४ जना डीआईजीले अवकास पाएका थिए ।

सञ्चारमन्त्री शेरधन राईका अनुसार सर्वोच्चको फैसला कार्यान्वयनका लागि सिर्जना गरिएका ४ एआईजीका ‘विशेष दरबन्दी’ एआईजी बनेका डीआईजीहरुको अवकाशपछि स्वतः खारेज हुनेछ ।

तपाइको मत