अवरुद्ध नारायणगढ-मुग्लिन सडक दिउँसो सवा ४ बजेदेखि सञ्चालनमा

१५ भदौ ०७४, चितवन ।  नारायणगढ-मुग्लिन सडकखण्डमा सडक भासिएपछि सवारी आवत–जावत अवरुद्ध भएको मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

भासिएको ठाउँको भित्तो काटेर चौडा बनाएपछि दिउँसो सवा ४ बजेदेखि अवरुद्ध भएको मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

बुधबार राति चार किलोमा करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएपछि बिहीबार दिनभर जस्तै यातायात अवरुद्ध भएको हो । सडक भासिएको ठाउँमा भोलिबाटै वाल लगाउन सुरु गरिने बताइएको छ ।

तपाइको मत