३ बैशाख ०७४, काठमाडौं । काठमाडौं दुबई उडानका लागि विमानस्थल जाँदै गर्दा अवैध डलरसहित पक्राउ परेका नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवाले धरौटीमा छुटेका छन् ।
राजश्व अनुसन्धान विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाकाअनुसार अवाले ९६ लाख ९० हजार ४०८ रुपैयाँ धरौटीमा छुटेका हुन् ।
९३ हजार ६०० डलरसहित पक्राउ परेका पाइलट अवालेलाई एयरपोर्ट प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको थियो ।
विभागकाअनुसार धरौटीमा छुटेका अवालेविरुद्ध मुद्धा दायर हुन बाँकी रहेको छ ।