१२ साउन, काठमाडौं ।
महानगरीय प्रहरी अपराध महाशाखाले रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा युरो फाउण्डेशन कन्सल्टेन्सीका सञ्चालक नुवाकोटका बिनोद अधिकारीलाई पक्राउ गरेको छ ।
कन्सल्टेन्सी सञ्चालक काउलेका २८ बर्षीय अधिकारीले २०६९ सालदेखिनै अष्ट्रेलियामा गैह्रकानूनी रुपमा कार्गोमा लोड अनलोडको जागीर लगाइदिने बाहनामा बिभिन्न ब्यक्तिसँग ठगी गरेको प्रहरीको भनाई छ ।
गुल्मीका बिष्णु मल्लसँग अष्ट्रेलिया पठाइदिने भन्दै ५ लाख ८० हजार दिएको र नपठाएपछि प्रहरीमा उजुरी गरेका थिए । यही उजुरीका आधारमा प्रहरीले सञ्चालक अधिकारीलाई पक्राउ गरेको हो ।