अस्थायी शिक्षकका लागि लिइने परीक्षा कार्यक्रम असोज ८ गतेसम्मका लागि स्थगित

७ भदौ ०७४, काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा कार्यक्रम २०७४ साल असोज ८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

 

आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट परीक्षा स्थगित गर्नु भनी पत्र सोमबार आएपछि भदौ १० गते तोकिएको परीक्षा स्थगित गरिएको बताएका हुन् ।

यसअघि असार ३१ गते र भदौ ३ गते हुने भनिएको परीक्षा आयोगले बाढीपहिरो आएकाले भदौ १० गतेका लागि सारेको थियो ।

त्यसअघि असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो ।

मन्त्रिपरिषद् कार्यालयले अविरल वर्षाका कारणले सिर्जना भएको असहज परिस्थिति अझै विद्यमान रहेको र राज्यको सम्पूर्ण ध्यान उद्घार तथा राहत कार्यमा केन्द्रित गर्नु परेको भन्दै शिक्षा मन्त्रालयमार्फत परीक्षा स्थगित गर्न निर्देशन दिइएको थियो ।

प्रतियोगितामा १९ हजार २ सय ६५ शिक्षकको विज्ञापन गरे पनि १५ हजार ६ सय ९० जनाले मात्रै दर्खास्त फाराम भरेका थिए ।

तपाइको मत