१० जेठ ०७७, काठमाडौं । नेपाल सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईदुल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
शुक्रबार गृह मन्त्रालयले सार्वजनिक विदासम्बन्धी सूचना जारी गर्दै ०७७ जेठ ११ गते मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईदुल फित्र)का दिन सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०५७/०२/० ९ को निर्णयानुसार मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईदुल फित्र) का दिन सार्वजनिक विदा दिने निर्णय भएको र उक्त पर्व मिति २०७४/०२/११ गते पर्ने भएकोले सो दिन सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।” मन्त्रालयले जारी गरेकोे सूचानमा भनिएको छ ।