आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारसँग निर्वाचन आयोगको आग्रह

१९ बैशाख ०७९, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुसँग निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन नगर्न भनेको छ ।

पूर्णपाठ :