आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द

२९ साउन ०७७, काठमाडौं । सरकारले सबै जिल्ला प्रशासान कार्यलयलाई अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गर्न परिपत्र गरेको छ ।

गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासान कार्यलयका प्रमुखलाई कोभिड–१९ को उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि बिहीबारदेखि सवारी लागू हुने गरी सवारी पास वितरण नगर्न, नगराउन परिपत्र गरेको हो ।

“सवारी पास व्यवस्थालाई कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म २०७७/०४/२९ गतेदेखि लागू हुने गरी वितरण नगर्नु नगराउनहुन आदेशानुसार अनुरोध छ” मन्त्रालयको पत्रमा भनिएको छ ।