२८ चैत ०७७, भक्तपुर । आजदेखि भक्तपुरमा नौ दिन आठ रातसम्म बिस्केट जात्रा सुरु हुँदैछ ।
भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर यसवर्षकाे बिस्केट जात्रा तय गरेसँगै आजदेखि जात्रा सुरु हुने भएको हाे ।
शनिबार दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम रहेको नगरपालिकाले जानकारी दिएको छ ।
सांस्कृतिक एवं ऐतिहासिक महत्व बाेकेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा साँझ टौमढीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट काठैकाठले निर्माण गरिएको तीन तल्ले प्यागोडाशैलीकाे रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो टोलतर्फ रथ तानातान गर्दै जात्रा शुरुआत गर्ने प्रचलन रहिआएको छ ।