आजदेखि स्वयम्भू-सूर्यविनायकसम्म २० वटा साझा बसले सेवा दिने

Sajha Bus

१० जेठ ०७४, भक्तपुर । साझा यातायातले आज बुधबारदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म आफ्नो सेवा विस्तार गरेको छ । यो रुपमा अब २० वटा साझा चल्नेछन् ।

आजदेखि साझा यातायातले भक्तपुरमा पनि आफ्नो सेवा सुरु गरेको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताएका छन् ।

पाण्डेले बिहान ६ देखि राति ९ बजेसम्म साझा यातायातले उक्त रुटमा सेवा दिने बताए ।

अब हरेक दिन बिहान ६ बजे देखि स्वयम्भूबाट १० वटा साझा बस छुट्नेछ भने त्यसैगरी १० वटा बस सूर्यविनायकबाट स्वयम्भूतर्फ आउनेछ ।

स्वयम्भूबाट छुट्ने बस कलङ्की, कालीमाटी, रत्नपार्क, पुरानो बसपार्क, थापाथली, माइतीघर, नयाँबानेश्वर, कोटेश्वर, लोकन्थली, कौशलटार, गठ्ठाघर, सल्लाघारी हुँदै सूर्यविनायक पुग्नेछ ।

तपाइको मत