आजबाट २ नम्बर प्रदेशमा निर्वाचन आचारसंहिता लागू

१ भदौ ०७४, काठमाडौं । आजबाट दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि  निर्वाचन आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगले साउन ३१ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार आचारसंहिता भदौ १ बाट लागू भएको हो ।

आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतादातालाई प्रभावित पार्ने कुनै पनि काम गर्न पाइने छैन ।

आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्रीहरु, सम्वन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ । यस्तै, सार्वजनिक संस्थाका कर्मचारी र कार्यालय, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई पनि यो आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था लगायत ११ व्यक्ति, संस्था र निकायलाई निर्वाचन आचारसंहिता लागू हुनेछ ।

निर्वाचनमा भाग लिने उम्मेदवारलाई भने भदौ २१ गतेबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्ति

 

तपाइको मत