१६ असोज, काठमाडौं । आज विभिन्न कार्यक्रम गरी आठौँ अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइँदैछ ।
सन् २००७ को संयुक्त राष्ट्र सङ्घको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो ।
विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००८ देखि राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् ।
नेपालमा पनि यो दिवस सन् २००८ देखि मनाउन थालिएको राष्ट्र सङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि डा जयराज आचार्यले जानकारी दिए ।