१२ जेठ ०७७, काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरूले ईल उल फित्र नमाज पाठ र प्रार्थना गरी मनाउँदै छन् ।
यसै पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई यस पर्वले थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताएकी छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि इस्लाम समुदायको यस पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
विश्वले कोरोना महामारीको सामना गर्नुपरेको भन्दै प्रधानमन्त्री ओलीले यस विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चार्डपर्व मनाउन भनेका छन् ।
“एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ,” उनले भनेका छन्, “विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ।”
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामनामा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता भित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान हो । बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्दछ ।”
यसैगरी विभिन्न व्यक्तित्वहरुले सामाजिक सञ्जालबाटै सामाजिक सञ्जालबाटै ईल उल फीत्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
संघीय सांसद पम्फा भुसालले आफ्नो फेसबुक वालमा लेखेकी छन्, “ईद उल फीत्रको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक सुभकामना ।”
यसैगरी संघीय सांसद शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ताीले आफ्नो फेसबुक वालमा लेखेकी छन्, “मुस्लिम समुदायको ईद उल फित्र पर्वको अबसरमा सबै मा शुभकामना छ ।”
यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष एवम् बागमती प्रदेश सांसद जगत सिम्खडाले आफ्नो फेसबुक वालमा लेखेका छन्, “ईदुल-फित्र(ईद) पर्वको उपलक्षमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक मंगलमय शुभकामना ।”
यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद श्रेष्ठले आफ्नो फेसबुक वालमा लेखेका छन्, “मुस्लिम समुदायको महान पर्व इदुल फित्रको शुभ अवसरमा मुस्लिम दाजु भाई दिदी बहिनीहरु एवं आम जन समुदायमा हार्दिक मंगलमय शुभकामना !”
यसैगरी ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले आफ्नो फेसबुक वालमा लेखेका छन्, “मुस्लिम समुदायको चांड ईद उल फित्र काे शुभअबसर मा बधाई तथा शुभकामना छ।”
एक महिनासम्म हरेक दिन सूर्यास्त नहुञ्जेल उपवास बसी मनाइने यस पर्वको अन्तिम दिन चन्द्रमाको दर्शनपछि आफन्त, साथीभाइ र परिवारजन बसेर मीठा खानेकुरा खाई ईदुल फित्र मनाउने प्रचलन छ ।