आज कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

२१ असार ०७७, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज सानेपास्थित पार्टी कार्यालयमा बस्दैछ ।

कांग्रेसले आइतबार दिउँसो २ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताएको छ ।

कांग्रेस पदाधिकारी बैठकले आगामी फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।