आज ‘क्रिसमस डे’ मनाइँदै, सरकारद्वारा सार्वजनिक विदा

१० पुस ०७४, काठमाडौं । नेपाल सरकारले क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव ‘क्रिसमस डे’ का दिन सार्वजनिक विदा दिएको छ ।

सरकारले ‘ख्रीष्टमस पर्व’ पुस १० लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक विदा घोषणा गरेको हो ।

क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिएका छन् ।

०६२/६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ‘ख्रीष्टमस पर्व’लाई येशु ख्रीष्टको जन्मदिवसका रुपमा मान्यता दिएको छ ।

विश्वभर ‘क्रिसमस डे’ मनाइँदै

तस्बिर : रिलायवल स्टुडेन्टस् स्कुल

आज २५ डिसेम्बर नेपालसहित विश्वभर येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा ख्रीष्टियन र गैर-ख्रीष्टियनहरुले समेत ‘क्रिसमस डे’ मनाउदै छन् ।

ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।

ख्रीष्टियन समुदायले क्रिसमस पर्वलाई विभिन्न मण्डली-चर्च र ख्रीष्टियन संघ-संस्थामा मनाउँदै आएका छन् साथै हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको अनुमान छ ।

तपाइको मत