१९ साउन ०७७, काठमाडौं । आज जनैपूर्णिमा अर्थात् साउन शुक्ल पूर्णिमा हिन्दुधर्मावलम्बी रक्षाबन्धन पर्व मनाउँदै छन् ।
तागाधारीहरुले तलाउ वा कुण्डमा स्नान गरेर मन्त्रोच्चारण गरिएको जनै फेर्ने, रक्षाबन्धन लगाउने, नाडीमा डोरो बाँध्ने प्रचलन छ ।
हिन्दुधर्म शास्त्रमा जनैलाई ब्रह्मासूूत्र, ज्ञानको धागोका रूपमा श्रद्धा गरिएको छ । जनैको छ शिखामध्ये तीनलाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को तीनवटालाई ज्ञान, कर्म, योगका रूपमा मानिएको छ ।
जनै पूर्णिमाका दिन घरघरमा क्वाँटी खाने चलन छ । प्रायः टुसा उमारिएका मास, भटमास, मस्याम, हरियो, सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना, सिमी, बोडी, बकुल्ला, मुङलगायतका गेडागुडीहरुलाई एकै ठाउँमा मिसाएर क्वाँटीका परिकार बानाइन्छ ।
क्वाँटीलाई रोग प्रतिरोधात्मक शक्तिबद्र्धक पौष्टिक आहारका रूपमा लिइन्छ ।