२७ साउन ०७९, काठमाडौं । आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धन र गाईजात्रा पर्व मनाइएको छ ।
हरेक वर्षझैं भदौ पूर्णिमाका दिन मनाइने पर्व जनैपूर्णिमा आज मनाइएको हो । साथै, यो वर्ष जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पनि एकैदिन परेकाले गाईजात्रा पर्व पनि मनाइएको छ ।
काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी गाईजात्रा मनाइन्छ । यसदिन देशभरका नेवार समुदायलाई बिदा दिने गरिएको छ ।
पहाडमा जनै लगाएर र तराईमा रक्षाबन्धन बाँधेर जनैपूर्णिमा पर्व मनाउने परम्परा छ ।













