२७ बैशाख ०७८, काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशन बस्दैछ ।
कोभिड–१९ संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसदको विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ ।
संसदसचिवालयकाअनुसार शुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ ।