निता पुन
८ भदौ ०७४, काठमाडौं । आज देशभर हिन्दु नेपाली महिलाहरुले हरितालिका ‘तीज पर्व’ मनाइरहेका छन् ।
तीजमा व्रत बसेर शिव-पार्वतीको पूजा गरे सौभाग्य मिल्ने धार्मिक विश्वास रहिआएको छ ।
यही विश्वासका साथ व्रतालु महिलाहरु पशुपतिनाथ मन्दिरमा दर्शन गरी तीजको गीत गाउँदै नाचगान गरिरहेका छन् । साथै, देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको घुइँचो लागेको छ ।
विशेषतः महिलाहरुले तीजलाई माइती पक्षसँग भेटेर सुख–दुःख साटासाट गर्ने, नाचगान गरी रमाइलो गर्ने पर्वको रुपमा लिइन्छ ।