४ भदौ, काठमाडौं । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विशेष दूतका रुपमा भारत भ्रमणमा रहको उपप्रधानमन्त्री विमलेन्द्र निधिले बिहान ११ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीका विशेष दूत तथा उपप्रधानमन्त्री निधिले मोदीको निवास सेभने रेसकोर्समा भेटेर संविधान संशोधनमा भइरहेको प्रयास, संविधान कार्यान्वयन लगायतका विषयमा मोदीसँग छलफल गर्ने बताइएको छ । साथै, उनले मोदीको रोकिएको जनकपुर, मुक्तिनाथ, र लुम्बिनि भ्रमण गर्न आग्रह गर्ने तयारी रहेको छ ।
यस अघि प्रधानमन्त्रीका विशेष दूत तथा उपप्रधानमन्त्री निधिले राष्ट्रपति मुखर्जीलाई राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणा हस्तान्तरण गरेका थिए ।