२९ असार ०७९, काठमाडौं । आज देश–विदेशका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रम गरी भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती मनाइँदैछ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तलाई घाँसीले ‘राम्रो काम गरेर नाम कमाउनु पर्छ’ भनी अर्ती दिएपछि संस्कृतमा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ लेखेर नेपाली भाषा, साहित्य र संस्कृति एकीकरण गरेका भन्दै उनको स्मृतिमा जन्मजयन्ती मनाउन थालिएको हो ।
भानुभक्तको प्रसिद्ध कृतिहरुमा बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका फुटकर रचनाहरू रहेका छन् ।













