आज राजधानीमा गुरुङ समुदायको तमू ल्होछार विशेष कार्यक्रम

d

१५ पुस, काठमाडौं । गुरुङ समुदायले आज राजधानीमा तमू ल्होछार २०७३ विशेष कार्यक्रम गरी मनाएका छन् ।

सो अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई सबै क्षेत्र र वर्गको सर्वस्वीकार्यता बनाउनु पर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनकाक्रममा संविधानले निर्दिष्ट गरेका निर्वाचन निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले प्राथमिता दिएको बताउँदै यस कार्यमा सहयोग र साथ दिन आम जनसमुदायलाई अपिल समेत गरेका छन् ।

c

जातले भन्दा विचारले उत्पीडित जनताको अधिकार स्थापित गर्न सकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको सर्वोच्च पदमा महिला, सभामुख पदमा जनजाति महिला, प्रधानन्यायाधीश महिलाले नेतृत्व प्रदान गरिरहेको बताए ।

उनले गणतन्त्र स्थापना भएपछि मधेसी समुदायबाट राष्ट्रको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिमा पुग्न सफल भएकाले अब गुरुङ समुदायबाट पनि राष्ट्रपति र प्रधानमन्त्री पद प्राप्त गर्ने दिन टाढा नरहेको उदघोष समेत गरे ।

z

प्रधानमन्त्री प्रचण्डले गुरुङ जातिको पर्व तमू ल्होछार मनाउन सरकारबाट दिँदै आएको रकम दोब्बर पारिने  पनि बताए ।

a

तमू ल्होछारको अवसरमा बिहीबार टुँडिखेलमा गुरुङ जातिका साँस्कृतिक पहिचान झल्किने भेषभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खाना महोत्सवसमेत आयोजना गरिएको थियो ।

stallk

p

तपाइको मत