२४ मंसिर ०७७, ललितपुर । जिल्लाको प्रसिद्ध देवता रातो मछिन्द्रनाथ देवता बुङ्मतीबाट पाटन ल्याइएको छ ।
बुधबार कोभिड–१९ का कारण औपचारिकतामा सीमित गर्दै मछिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइएको हो ।
नेपालको लामो जात्राको रुपमा हरेक वर्ष पाटनबाट सुरु हुने मछिन्द्रनाथको जात्रा बुङमती पुगेर सकिन्छ ।
रातो मछिन्द्रनाथलाई जात्रापछि साइत हेरेर पुनः बुङमतीबाट ल्याउने प्रचलन छ ।