आज शहीद दिवस विविध कार्यक्रम गरेर मनाइयो

१६ माघ ०७४, काठमाडौं । आज देशभर शहीदकाे सम्मानमा विविध कार्यक्रम गरेर शहीद दिवस मनाइएको छ ।

राणा शासकले नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए ।

शहीद दिवसका अवसरमा आज बिहान रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र प्राप्तिका लागि हजारौं महान् शहीदहरुले बलिदानी गरेका छन् ।

सप्तरीमा अज्ञात समूहको गोली प्रहारबाट २०६४ सालमा मृत्यु भएका जिल्ला विकास समिति सप्तरीका तत्कालिन नायव सुब्बा प्रभू नारायण यादवको स्मृति एवं सम्मानमा शहीद दिवसको अवसर पारेर विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

स्थानीय तह कार्मचारी संघ नेपाल सप्तरीले जिल्ला समन्वय समितीको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले यादवको हत्या गरिएको एक दशक पार गर्न लाग्दा पनि हत्यारा अझैं पत्ता लाग्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए ।

तपाइको मत