आज संसारभरका मुस्लिम धर्मावलम्बीहरुले ईद-उल-अजहा मनाए

१७ साउन ०७७, काठमाडौं । आज देश र विदेशमा रहेका मुस्लिम धर्मावलम्बीहरुले बकर इद (ईद–उल–अजहा) मनाएका छन् ।

मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व ईद-उल-अजहा आज नेपालका मुस्लिम समुदायले पनि बिहानै स्नान गरी नजिकको मस्जिदमा नमाज पढिसकेर शुभकामना आदान प्रदान गरी हर्षोल्लासपूर्वक मनाएका हुन् ।

मुस्लिम आयोगले शुक्रबार विज्ञप्ति जारी यसवर्ष कोभिड–१९को उच्च जोखिम रहेका कारण घरमै बसेर सुरक्षितरुपमा ईद–उल–अजहा मनाउन आह्वान गरेको थियो ।

मुस्लिम आयोगका अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

अल्लाहको आदेशमा इब्राहिम प्यारा छोरालाई कुर्बानी गरेर अल्लाहलाई खसी बनाउन राजी भएपछि परीक्षामा सफल भएकोमा त्यस कुर्बानी गर्ने स्थानमा मानिसको होइन् त्यही जनन्तमा पालिएर आएका दुम्बाको कुर्बान (बली) गरिएको मुस्लिम धार्मिक मान्यता रहिआएको छ ।

यस पर्वका अवसरमा बंगलादेशका डेमोक्रयाटिक गार्मेन्ट वर्कर्स फेडरेशनका केन्द्रीय महासचिव अब्बास उद्दिनले कोरोना महामारीको प्रकोपमा भिडभाडमा नगई कार्यस्थालमै ईद उल–अजहा मनाउन उचित हुने सल्लाहका साथ शुभकामना व्यक्त गरेका छन् ।

उनले आफ्ना कार्यकर्ताहरुलाई कोरोना महामारीबाट बच्न आग्रह गर्दै ‘ईदको अर्थ खुशी’ भए पनि यस खुसीको अवसरमा हुने जमघटले परिवार खतरामा पर्न नहुने बताएका छन् । साथै, कोरोनाबाट मुक्ति पाउन सबैले स्वास्थ्यका नियमहरु पालना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

यस्तै सबै औद्योगिक क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार र व्यवसायीहरूलाई उनले ‘ईदको बधाई छ’ भनेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले एक शुभकामना सन्देश जारी गरेर देश तथा विदेशमा रहेका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशको पूर्णपाठ :

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बकर इदका पर्व अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।