२ असोज, काठमाडौं । आज नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १९ औं स्मृति दिवस मनाईंदै छ ।
नेपाली कांग्रेसले २०४६ सालको जनआन्दोलनका कमाण्डर सिंहको १९ औं स्मृति दिवस शोभा भगवतीमा रहेको उनको प्रतिमामा माल्यार्पण साथै बेलुकी रत्नपार्कस्थित शान्तिबाटिकामा दीप प्रज्वलन गरी मनाइने बताएको छ ।
नेपालमा प्रजातन्त्र प्राप्तिका लागि निरन्तर संघर्षरत् १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।