आज सुपर ब्लु मुन देखियाे !

१७ माघ ०७४, काठमाडौं । आज लागेकाे पूर्ण चन्द्र ग्रहणलाई ‘सुपर ब्लु मुन’ भनिएको छ ।

आफ्नो कक्षमा चक्कर लगाउनेक्रममा पूर्णिमाको दिन चन्द्रमा धर्तीको सबैभन्दा नजिक र ठूलो देखिएकाे अवस्थालाई ‘सुपर मून’ भनिन्छ ।

ग्रोगारेरियन क्यालेन्डरको एकै महिनामा दोस्रो पटक ‘सुपर मून’ पर्छ भने त्यसलाई ‘ब्लू मुन’ भनिन्छ ।

‘ब्लू मुन’को दिन चन्द्रग्रहण परेकाले यसलाई ‘सुपर ब्लु मून’ भनिएको हो ।

नेपाल पञ्चांग निर्णयक समिति अनुसार साँझ पाँच बजेर ५५ मिनेटमा देखिएको खग्रास चन्द्र ग्रहण ८ बजेर ५७ मिनेटमा सकिएको छ ।

सुपर मूनमा चन्द्रमाको आकार ठूलो र रंग एकदमै चम्किलो देखिन्छ ।

तपाइको मत