आज ७ फागुन, ६८औं प्रजातन्त्र दिवस मनाइँदै

७ फागुन ०७४, काठमाडौं । वि.सं. २००७ फागुन ७ गते जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा सोमबार बिभिन्न कार्यक्रम गरी ६८औं प्रजातन्त्र दिवस मनाइँदै छ ।

दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू लगायत सहभागी छन् ।

गणतन्त्र स्थापना दिवस प्रजातन्त्र दिवस मनाउन छाडिए पनि शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको थियो । प्रजातन्त्र दिवसको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

१०४ वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि २००७ सालमा राजा, राणा र नेपाली काँग्रेसबीच त्रिपक्षीय सम्झौता भएसँगै प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । भने, तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भएको थियो ।

तपाइको मत