आन्दोलनको केन्द्रबिन्दु भारतीय दूतावासलाई बनाउनु पर्दछ – नारायणमान बिजु्क्छे

२७ मंसिर, भक्तपुर । नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजु्क्छेले विगतमा भारतसँग सम्बन्ध राम्रो नभएका नेपाली नेताहरुको भारतले हत्या गरेको दाबी गर्दै आगामी दिनमा पनि सो क्रम दोहोरिन सक्ने बताएका छन् ।

bijukshe

बासु मावि भक्तपुरको ५४ औं वार्षिक उत्सव कार्यक्रममा सोमबार संचारकर्मीसँग कुरा गर्दै बिजु्क्छेले पाकिस्तान वा अन्य मुलुकसँग राम्रो सम्बन्ध भएका नेपालका नेता वा अन्य व्यक्तिको हत्या भारतको इशारामा भएको दाबी गरेका हुन् ।

‘विगतमा भारतसँग सम्बन्ध राम्रो नभएका नेपाली नेताहरुको भारतले हत्या गरेको छ । भविष्यमा पनि त्यस्तो नहोला भन्न सकिन्न ।’ भन्दै बिजु्क्छेले भने, ‘अब आन्दोलनको केन्द्रबिन्दु बालुवाटार हैन भारतीय दूतावासलाई बनाउनु पर्दछ ।’

नेकपा (माओवादी केन्द्र)को चेनअफ कमाण्ड दिल्लीमा रहेको आरोप समेत लगाउँदै बिजु्क्छेले तराईका केही दलले नचाहादैँमा मुलुकमा निर्वाचन रोक्नु नहुने भन्दै जहाँ जहाँ हुन्छ त्यहाँ पहिला गर्ने र बाकी स्थानमा फोर्स प्रयोग गरेर गर्नु पर्ने बताए ।

तपाइको मत