१४ जेठ ०७६, काठमाडौं । भोजपुर नगरपालिका–९ पानिटयाङ्गीमा आमाले २२ महिने छोराको हत्या गरेकी छिन् ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भइ भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको मंगलबार बिहान हत्या गरेकी हुन् ।
भिनाजुको घरमा बस्दै आएकी थापाले घरको छतमा लगेर बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरी जानकारी दिएको छ । प्रहरीले सम्झनालाई पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान थालिएको जनाएको छ ।
स्थानीयले भने सम्झनाको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । बालकका बुबा लघुवित्त कम्पनीमा काम गर्ने भएकाले कार्यालयको कामको सिलसिलामा सदरमुकाम बाहिर गएको प्रहरीले जनाएको छ ।













