आयल निगमले खरिद गरेको जग्गाको स्थलगत अनुगमन गरिने

२२ साउन ०७४, काठमाडाैं । व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले खरिद गरेको जग्गाको अनियमितता सम्बन्धमा स्थलगत अनुगमन गर्ने भएको छ ।

समितिको आइतबार बसेको बैठकले निगमको जग्गा खरिदमा भएको अनियमितता सम्बन्धमा स्थलगत अध्ययन गर्ने निर्णय गरेको हाे ।

सांसद सुवासचन्द्र ठकुरीकाअनुसार समितिले मंगलबारदेखि झापा, सार्लाही, चितवन र भैरहवाको जग्गा खरिदमा भएको अनियमितताका सम्बन्धमा अनुगमन गर्नेछ ।

समितिले अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगायतका सरोकारवाला निकाय र स्थानीयसँग पनि राय लिने बताइएकाे छ ।

तपाइको मत