आयल निगमले घटायो पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ

१९ जेठ ०७९, काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिएको जानकारीअनुसार बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ हुने भएको छ ।

सरकारले बजेट भाषणमै पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाउने घोषणा गरेको थियो ।